काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो ।
यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि गत भदौ २८ गते प्राधिकरणको निर्देशक पदबाट बाहिरिएका थिए । त्यसपछि लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो ।