काठमाडौं । नेकपा (दाहाल–नेपाल समूह) ले विहीबार एकदिने देशव्यापी आमहडतालको घोषणा गरेको छ । सरकारले संवैधानिक निकायमा नियुक्ती गरेकोभन्दै सो पक्षले एकदिने विरोध स्वरुप आकस्मिक हामहडतालको घोषणा गर्नुपरेको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दावी गरेका छन् । तर शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसलाई प्रभावित पार्न दाहाल–नेपाल समूहले आमहड्ताल घोषणा गरेको बुझ्न सकिन्छ । शुक्रबारको प्रदर्शनका लागि उपत्यका बाहिरबाट जनता सहभागि हुन नपाउन भन्ने उद्देश्यले दाहाल–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गर्नुले उनीहरु अत्तालिएको रुपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गर्दै श्रेष्ठले आमहडताल आफूहरुको बाध्यात्मक भएको बताउँदै जनतालाई त्यही ढङ्गले बुझिदिन आग्रह गरेका छन् । आमहडतालमा विद्यार्थीको परीक्षा चल्नदिने, अस्पताल, एम्बुलेन्स, प्रेस लगायतका यातायात चल्न दिने भएपनि बाँकी अन्य बजार, पसल, यातायात, शैक्षिक संस्था बन्द रहने बताएका छन् । उनले आज साँझ मसाल जुलुश प्रदर्शन गरिने पनि जानकारी दिएका छन् ।