काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिता दावी पेश गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार सो समूहले आधिकारिता दाबी पेश गरेको बताइएको छ ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु आज आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।
नेकपाभित्रको विवाद पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै विभाजितको तहसम्म पुगेको छ । कानूनीरुपमा पार्टी एकै भएपनि राजनीतिक र व्यवहारिक रुपमा दुई टुक्रा भइसकेको छ ।
दाहाल–नेपाल समूहले ४४१ केन्द्रीय सदस्य मध्ये झण्डै दुईतिहाइ सदस्य आफूहरुसँग रहेको दावी गर्दै पार्टी, चुनाव चिन्ह आफूहरुले पाउनुपर्ने भन्दै आएका छन् । यता नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको विधान अनुसार पार्टीको प्रथम अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक हुने दावी गर्दै आएको छ ।