काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलन गर्ने भएको छ । आज केन्द्रीय कार्य समितिको बैठक वस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा सो सहमति भएको बताइएको छ ।
माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते पार्टीले देशभर प्रदर्शन गर्न लागेको कांग्रेसका एक नेताले बताएका छन् ।
नेपाली कांग्रेसमा संसद विघटनलाई लिएर मतभेद छ । सभापति देउवा सो सम्वन्धमा सर्वोच्च अदालतमा वहस भइरहेकाले निर्णय कुर्नुपर्नेमा छन् भन ेवरिष्ठ नेता पौडेल तत्काल संसद पुनस्र्थापनाका पक्षमा आन्दोलनमा जानुपर्ने पक्षमा छन् । पौडेल समूहको हिजो बसेको वैठकले आन्दोलनमा जाने निर्णय गराउन केन्द्रीय समितिलाई दवाव दिने निर्णय गरेको थियो । तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्ने विषयमा विवाद हुँदा आज १ बजेका लागि बोलाएको वैठक ढिलोगरी बसेको छ ।