काठमाडौं । अमेरिकाले नेपालसँग जलवायु परिवर्तनको चुनौतिसँग जुध्न मिलेर ‘सगरमाथा संवाद’ गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सो प्रस्ताव गरेका हुन ।
अमेरिकी दुतावासले विज्ञप्ती जारी गर्दै राजदूत बेरीले राष्ट्रपति जो बाइडेनको नीति प्राथमिकता र सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेटेको जनाएको छ ।
‘जलवायु परिवर्तनको मुद्दामा नेपाल फ्रन्टलाइनमा छ’ विज्ञप्तीमा उल्लेख छ, ‘कार्यकालको पहिलो निर्णय अनुरुप राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः अमेरिकी संलग्नता हुने हुने निधो गर्नुभएको छ । नेपाल पनि प्रभावित मुलुकमध्ये हो । दुतावास नेपालसँग मिलेर सगरमाथा संवाद डायलग संचालन गर्न इच्छुक छ ।’
राष्ट्रपति बाइडेनको नयाँ विश्व नीतिको एक हिस्साअन्तर्गत राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा राजदूत वेरीले महिला, बालबालिका लगायतको मानवअधिकारका मुद्दामा पनि नेपालसँग मिलेर काम गर्न अमेरिका तयार रहेको बताएका छन् ।