काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरिएको छ।
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित सूचना पेस गरेको बताइएको छ ।
बिहीबारको सुनुवाईमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै राष्ट्रपतिले फिर्ता लिन सक्ने बतापछि इजलासमा उक्त सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन आदेश दिएको थियो ।