काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट गरिएका अवरोध चिर्दै विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ अघि बढेको बताउनु भएको छ ।
प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली समेत रहनु भएका प्रधानमन्त्री ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेपछि आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जाने निचोडमा पुगेको स्पष्ट पार्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले देशमाथि सांस्कृतिक, भाषिक र अनेक हमला भइरहेकोप्रति सबै सजग हुनुपर्ने प बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने पक्षमा नरहेको र त्यस्तो कार्य नभएको स्पष्ट पार्दै आफूहरु रातो झण्डा फहराउनेवालाहरु भएको र पेरिसडाडावाला जस्तो काला झण्डा बोकेर हिँड्नेवाला नभएको पनि बताउनु भएको छ ।
उहाँले आफूहरु उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट रहेको बताउँदै देश बनाउने, सुशासन कायम गर्र्नेर देश विकासको बाटामा लाग्ने बताउनु भएको छ ।
पीत पत्रकारिता गर्न नहुने र त्यो आफैँ नटिक्ने बताउँदै प्रधानमन्त्री ओलीले देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ ।
‘‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार, स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, ऊर्जामन्त्री टोपमबहादुर रायमाझीलगायता नेता तथा पत्रकारिता क्षेत्रका अग्रजले आआफ्नो मन्तव्य राख्नु भएको छ ।
भेलामा ७७ जिल्लाका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको उपस्थित छ ।