काठमाडौं । प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त भएका छन् ।
मन्त्रिपरिषद पुनर्गठनका क्रममा पदमुक्त भएका तत्कालिन उद्योग राज्यमन्त्री दुगडलाई मन्त्री सरहको मर्यादा कायम हुने गरि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको बताइएको छ ।
डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाएपछि खाली भएको सो पदमा दुगडलाई नियुक्ति गरिएको हो । उनले राज्यकोषबाट तलब सुविधा भने नपाउने बताइएको छ ।
अवैतनिक सल्लाहकारमा नियुक्त भएका उद्योगपति दुगड नेकपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए ।