काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । पुस ५ गते भएको प्रतिनिधि सभा विघटन असम्वैधानिक र अलोकतान्त्रिक भएको दावी गर्दै सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा परेका छन् । उनीहरुले सम्वैधानिक इजलासबाट मुद्दाको सुनुवाई हुनुपर्ने र संसद पुनस्र्थापना हुनुपर्ने जिकिर गरेका थिए । तर पुस २२ गते वरिष्ठ वकीलहरुले सो मुद्दाको सुनुवाई पूर्ण इजलासमा हुनुपर्ने माग गरेका थिए । सो बारेमा गत बुधबार र आज सुनुवाई भएको थियो ।
सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनु पर्छ भन्ने माग सहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइ पछि उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्याको विषय देखिएकाले निवेदहरुको माग बमोजिम हुनु नपर्ने ठहर भएको उल्लेख छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको सम्वैधानिक इजलासले सो आदेश दिएको हो ।
सो मुद्दा हेर्दाहेर्दैमा रहेको र अर्को सुनुवाइ माघ ४ गते हुने आदेश भएको छ ।