काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आयोग कार्यालय पुगेका उनीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा चुनावी गतिविधि गर्नु नहुने उनीहरुको माग छ ।
सरकारले नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको छ । सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ ।
आयोगमा चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् । निर्वाचन आयोगले त्यसको निरुपण प्रक्रिया थाले पनि टुंगिसकेको छैन ।
प्रधानमन्त्री ओलीले निर्वाचन गराउन घोषणा गरेका होइनन्, निर्वाचन हुँदैन भन्दै आएका प्रचण्ड–नेपाल निर्वाचन गतिविधि रोक्न आयोग पुग्नुले उनीहरु निर्वाचन हुन्छ भन्ने निष्कर्षमा पुगेको रुपमा लिन सकिने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।