काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ः०० बजे राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभएको छ ।
आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने इच्छा व्यक्त गरेपछि समय तय गरिएको सचिव फुयाँलले बताएका छन् ।