काठमाडौं । नेकपाको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाउँदै उनीहरु कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियूको भेलामा पुगेका छन् ।
भेला भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । पार्टी विभाजन पछि ओली लगातार राजधानीमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।
भेलालाई प्रधानमन्त्री ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्दैछन् ।
(तस्बिर साभार : अनलाइनखबरडटकम)