काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्नेलाई कारवाही गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
राष्ट्र प्रमुखलाई महिला भएकै कारण सडकबाट अशोभनीय नारा लगाउनेलाई कारवाहीको माग गर्दै अखिल नेपाल महिला संघले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिविरुद्ध सार्वजनिक रुपमा अमर्यादित नाराबाजी गरिनु कानुनी रुपमा अपराधिक क्रियाकलाप भएकाले सम्बन्धित निकायले दोषीमाथि छानविन गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको बताउनु भएको छ ।
केही दिनअघि नेकपाका प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको जुलुसमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडकमा अशोभनीय नारा लगाइएको थियो । उनीहरुलाई कारवाहीको माग गर्दै अखिल नेपाल महिला संघले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई पनि आजै ज्ञापन पत्र बुझाएको छ ।