काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजे बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि पुस १० सम्म बसेर स्थगित गरिएको थियो । आज पुनः बस्न लागेको हो ।
प्रतिनिधिसभा विघटनलाई काँग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भन्दै आएको छ । तर सो बारेको मुद्दा अदालतमा विचाराधिन रहेकाले आन्दोलनमा जाने कि निर्णय कुर्ने भन्नेमा कांग्रेसभित्र मतभेद छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष अदालतको निर्णय पर्खनु पर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तत्काल आन्दोलनमा जानुपर्ने पक्षमा छ ।