काठमाडौं । उखु किसानलाई भुक्तानी नदिएको आरोपमा लुम्बिनी चिनी उद्योग प्रालीका सञ्चालनक मनोज अग्रवाल पक्राउ परेका छन् ।
गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रनका लागि पुर्जी जारी गरेपछि सञ्चालक अग्रवाल फरार थिए ।
उनलाई पर्साबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छिन्।
केन्द्रको सर्कुलर अनुसार अग्रवाललाई पक्राउ गरेको र उनलाई नवलपरासी (पश्चिम) पठाउने तयारी भइरहेको एसपी पन्ताले बताएकी छिन् ।
लुम्बनी उखु मिलले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन् । तर मिलले भने आफूले किसानको साढे ८ करोड भुक्तानी दिन बाँकी रहेको दावी गर्दै आएको छ ।