काठमाडौं । नेपाली कांग्रेसले आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गर्दै प्रतिनिधिसभा भंगको विरोध जनाएका छन् । तर कांग्रेसको यो भन्दालाई निर्वाचित केन्द्रित भेलाका रुपमा राजनीतिज्ञदेखि वुद्धिजीवीहरुको टिप्पणी छ ।
मध्यावधि निर्वाचनमा जाने कि संसद पुनस्र्थापनाका लागि आन्दोलनमा जाने भन्ने कुरामा कांग्रेसका अधिकांस नेता, कार्यकर्ता अन्यौलमा छन् ।
कार्यकर्ताहरुलाई जागरुक गर्न र पछिल्ला घटनाप्रति पार्टी मौन छैन भन्ने सन्देश दिन मात्र आज प्रदर्शन गरेको बुझिन्छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्ने कि निर्वाचनको तयारीमा लाग्ने भन्नेमा विवाद छ । देउवा पक्षले संसद विघटनबारे अदालतमा रहेको विचाराधिन मुद्दाबारे पार्टीले बोल्नु हुँदैन भन्ने तर्क गरेका छन् भने पौडेल पक्ष निर्वाचन हुनेमा आशंका रहेकाले अहिले संसद पुनस्र्थापनाको आन्दोलमै जानुपर्ने पक्षमा देखिएको छ ।
दुई पक्षवीच कुरा मिल्न नसकेपछि कांग्रेसका नेताहरु चुनावको तयारी र प्रदर्शनलाई साथसाथै लिएर जाने मनस्थितिमा पुगेका छन् । त्यसैले कांग्रेसले आज निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै प्रदर्शन गरिरहेको छ ।