काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालयहरुमा नयाँ मन्त्री नियुक्त भएका हुन ।
मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा तामाङ, गौरीशंकर चौधरीलगायत मन्त्री हुने बताइएको छ ।