काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले केपी शर्मा ओली नेतृत्वको मुल पार्टीलाई साथ दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वसेको केन्द्रीय कमिटी वैठकमा सम्बोधन गर्दै बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिनुपरेको स्पष्ट गरेका छन् ।
प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिनु परेको बताएका छन् ।
नेता वादलले पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरुलाई हावी हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आम नेता, कार्यकर्तालाई आव्हान पनि गरेका छन् ।
गृहमन्त्री बादलले विदेशी प्रतिक्रियावादी शक्तिहरुको खेल प्रचण्ड–माधव समूहका कारण सफल भएको र एउटा गुट आफूहरुबाट बाहिरिएको बताउँदै वादलले भने “एउटा गुट हामीहरुबाट बाहिरिएको छ तर क्रान्तिको नेतृत्व हामी गर्छौं । यहाँ हामी मूल नेतृत्वलाई साथ दिन सपथ खाँदैछौं ।”
नेता वादलले प्रतिनिधिसभा विघटन क्रान्तिकारी तथा अग्रगामी कदम भएको भन्दै त्यसलाई ब्युँताउनु वा कायम राख्नु पश्चगामी र अस्थिरता निम्त्याउने कदम हुने चेतावन पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिन उहाँसँगै रहेको बताउँदै नेता वादलले राजनीतिक उथलपुथल हुन लागेको अहिलेको अवस्थामा आफूहरु बाढीको रुपमा देशभर पुग्नुपर्ने बताएका छन् ।
आँधीबेहरीको रुपमा आएका घटनाक्रमले प्रतिक्रान्ति हुनसक्ने संभावना रहेको वताउँदै थापाले प्रतिक्रान्तिलाई रोक्न नयाँ जनादेशमा जान लागेको बताए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाललाई पार्टी विभाजन रोक्न अनुनय विनय गर्दा पनि उनीहरुले नमानेको थापाले बताए ।