काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । आजको वैठकले नयाँ केन्द्रीय कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने र कार्यविभाजन, जिम्मेवारी तोक्ने र विधान संशोधनको निर्णय गर्ने बताइएको छ । बैठकपछि पार्टीले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई जोड दिने एक नेताले बताएका छन् ।
त्यसतै अर्का अध्यक्ष दाहाल–माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि आजै बस्ने बताइएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वीटमा साढे ११ बजे बैठक आव्हान गरिएको एक नेताले बताएका छन् । उनीहरुले वैठकले पनि नेताहरुको कार्यविभाजन गर्ने बताइएको छ ।
बैठकले जनपरिचालन तथा आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय गर्ने एक नेताले बताएका छन् । केन्द्रीय कमिटी बैठकपछि बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम तय हुने बताइएको छ ।