काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिट सम्वैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
राणाले बुधबार त्यसबारे परेका एक दर्जन रिटमाथि आफ्नै एकल इजलासमा सुनुवाइ गर्नु भएको थियो ।
राणाले त्यसबारेमा परेका सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने निर्णय गर्नु भएको सर्वोच्च अदालतले जनाएको छ । अब शुक्रबार पुनः बहस हुने बताइएको छ।