काठमाडौं । पूर्वमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा २८२ बमोजिम डा. खतिवडालाई राजदूत नियुक्त गर्नु भएको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ ।