काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले भोलि बुधबार देशव्यापी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
भोलि सातवटै प्रदेशमा भेला आयोजना हुुने र केन्द्रीय नेताहरुले सेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
वैठकमा अध्यक्ष ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गर्दै निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भन्ने हल्ला फैल्याए पनि त्यो सम्भव नभएको बताउनु भएको छ । सम्वैधानिक विधिअनुसार प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना हुन नसक्ने उहाँले स्पष्ट गर्नु भएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने स्पष्ट पार्नु भएको छ ।
अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको उहाँले स्पष्ट गर्नु भएको छ ।
मध्यावधि चुनाव हाल घोषित मिति १७ र २७ गरी दुई चरण वा १७ गते एकै चरणमा चुनाव हुनसक्ने वताउँदै प्रधानमन्त्री ओलीले चुनाव हुनेमा कुनै दुविधा नराख्न आग्रह गर्नु भएको छ । उहाँले आफ्नो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउने पनि बताउनु भएको छ ।