काठमाडौं । नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दाहालको अध्यक्षतामा वैठक शुरु भएको हो ।
बैठकमा अध्यक्ष केपी ओलीलाई हटाउने प्रस्ताव राखेका छन् । ओलीलाई कारबाहीपछि रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत बैठकले गरेको एक नेताले जानकारी दिएका छन् ।
केहीबेर अघि दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसकोे थियो । प्रथम अध्यक्ष केपी ओलीलाई अध्यक्षबाट हटाएमा पार्टी फुटको घोषणा दाहाल–नेपाल समूहले गरेको ठहरिने एक नेताले बताएका छन् । अध्यक्ष र महासचिव विनाको वैठकले वैधानिकता नपाउने पनि ती नेताले बताएका छन् ।