काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नु भएको छ ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीले २०७८ वैशाख २३ गते चुनाव गर्ने प्रस्ताव गर्नु भएको स्रोतको दावी छ ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गरिसक्नु भएको छैन । उहाँ राजनीतिक र कानूनी परामर्शमा रहेको स्रोतको दावी छ ।