काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरोधीहरुले संसद विघटनको सिफारिसप्रति कडा टिप्पणी गर्दै विरोध जनाएका छन् । तर उपाध्यक्ष वामदेव गौतमले भने आफू ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्।
उपाध्यक्ष गौतमले सरकारको सिफारिसप्रति आफ्नो समर्थन र विरोध नभएको बताएका छन् ।
गौतमको भनाइ उद्धृत गर्दै उनी निकटस्थहरुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद भंग । मेरो न समर्थन छ, न विरोध । पर्ख र हेरको अवस्थामा छु।’ वामदेवको यो प्रतिक्रियालाई धेरैले संसद विघटनप्रति मौन समर्थनका रुपमा अथ्याएका छन् ।