काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले संसद विघटनको सिफारिस असंवैधानिक भएको तर्क गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली राजनीति तरंगित भएको छ ।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने दावी गरेका छन् ।
कांग्रेसले संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शार्मले एक ट्वीट गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रह समेत गरेका छन् ।
कांग्रेसले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।