काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस गरेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि संसद विघटनको प्रस्ताव ल्याउनु भएको थियो ।
मन्त्रिपरिषद्ले पारित गरेको संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास जानु भएको स्रोतको दावी छ ।
प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गर्न सक्ने संम्वैधानिक व्यवस्था छ ।
संसद विघटनको प्रस्तावको चौतर्फी विरोध भएको छ । सत्तारुढ नेकपादेखि विपक्षी दलका नेता तथा संविधानविद्हरुले संसद विघटन संविधानको भावना विपरित भएको उनीहरुको तर्क छ ।
उनीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत गर्न नहुने तर्क गरेका छन् । (फाइल तस्बिर)
























