काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आजको बैठक सकिएको छ । अर्को वैठक पुस ५ गते बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ भने पुष्पकमल दाहाल–माधव नेपाल समूहले संसद् अधिवेशन माग गर्दै राट्रपति कार्यालयमा पुगेको निवदेन फिर्ता गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी दिनुभएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले पुस ५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।