काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत हुनु भएको छ । स्थायी कमिटीको बैठकअघि बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा अध्यादेश फिर्ता लिने सहमति भएको वालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाउनु भएको छ भने संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको सांसदहरुको हस्ताक्षर फिर्ता लिन दाहाल सहमत हुनु भएको छ ।
यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको बताइएको छ ।