काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेका छन् ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु रहने सहमति भएको बताइएको छ ।
दुई पार्टी अलग भएको २२ महिनापछि पुनः एकीकृत भएका हुन । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेका छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्ने बताइएको छ ।
एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम २ महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।