काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको बैठकमा उहाँले सबै दलका नेताहरुलाई स्वागत गर्नुहुँदै बैठकको उद्देश्यबारे प्रकाश पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।
पछिल्लो समय संविधान विरोधी र हिंसात्मक गतिविधिहरु बढ्दै गएपछि त्यसमा छलफल गरी साझा धारणा बनाउन बैठक आव्हान गरिएको प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको थापाले जानकारी दिनुभएको छ ।
बैठकमा कोभिड १९ ले पारेको समस्या र त्यसको नियन्त्रण बारेमा समेत दलहरुबीच छलफल हुने बताइएको छ ।
संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राप्रपा, जनमोर्चा र नेमकिपाको प्रतिनिधित्व रहेको छ ।