काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्राविधिक कारणले बैठक २ बजेका लागि सारिएको बताएका छन् ।
‘नेताहरुको कार्यव्यस्थाको कारण वैठक एक घण्टाका लागि पछि धकेलिएको बताएका छन् । बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उनले जानकारी बताएका छन् ।
मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच चर्काचर्की भएको थियो । आजको वैठकमा सहमतिको विन्दु खोज्नका लागि अनौपचारिक छलफल गरेर मात्र सचिवायको औपचारिक वैठक बस्ने बताइएको छ । भोलि स्थायी कमिटी वैठक रहेको आज नेताहरुबीच केही न केही सहमति हुने एक नेताले बताएका छन् ।
























