काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका प्रश्नको लिखित जवाफ दिनुभएको छ । अध्यक्ष ओलीले ५३ वुँदा समावेश भएको ३८ पृष्ठ लामो प्रचण्डका प्रश्नको उत्तर सहितको प्रस्ताव पेश गर्नु भएको छ ।
पार्टीभित्रको अन्तरसघर्षमा रुमलिदै बाहिर पार्टी फुटकै संघारमा पुगिरहेको चर्चा भएपनि नेताहरुले पार्टी एकता जोड दिएको र पार्टी कुनै पनि हालतमा नफुटने बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । सचिवालयका सवै पदाधिकारीहरुले पार्टी एकताको रक्षाका लागि जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएको छ ।
पार्टीलाई व्यवस्थित बनाउने बिषयमा दुईवटा प्रस्ताव आएको वताउँदै प्रवक्ता श्रेष्ठले दुईवटा प्रस्तावमा अध्ययन गरेर आगामी बैठकमा व्यवस्थित र विधिसम्मत ढंंगले छलफल गरेर निश्कर्ष निकाल्ने बताएका छन् ।
नेकपाको अर्को बैठक मंसिर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको बताइएको छ ।