काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघिको वैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट प्रस्ताव पेश भएको थियो । दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ ।
भोलि वालुवाटारमा बस्ने सचिवालय वैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव तयार भइसकेको बताइएको छ ।
अध्यक्ष दाहालले लगाएका आरोपहरुको खण्डन सहित पार्टीको समस्या समाधानमा ओलीका प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ ।