काठमाडौं । शहरी विकास राज्यमन्त्री तथा नेकपाका नेता रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताउनु भएको छ ।
हिजो प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयमा अन्तरक्रियामा बोल्दै मन्त्री मानन्धरले सो कुरा बताउनु भएको हो ।
मन्त्री मानन्धरले प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तिशाली सरकार बनेको चर्चा गर्दै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताउनुभएको छ । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै राज्यमन्त्री मानन्धरले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार सरकारले काम गर्ने बताउनुभयो । जनताले पाँच वर्षका लागि ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताउनुभएको छ ।
नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै राज्यमन्त्री मानन्धरले केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने विश्वास दिलाउनु भएको छ ।
जनताले महसुस गर्नेगरी सरकारले काम गरिरहेको बताउँदै राज्यमन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको उल्लेख गर्नु भएको छ । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताउनु भएको छ ।
कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै उहाँले जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताउनुभयो । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको पनि उहाँले बताउनु भएको छ ।
मन्त्री मानन्धरले निशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताउँदै सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केही समस्या देखिनु स्वभाविक भएको बताउनुभयो ।
लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुने वितिक्कै नेपाल ल्याउने गरी सरकारले कार्यदल मार्फत् काम गरीरहेको बताउनु भएको छ ।
मन्त्री मानन्धरल कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजनय नेपालका प्राकृतिक उपजहरुको उपयोगमा जोड दिन पनि आम साधारणलालाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्याएका विभन्नि व्यक्तित्वलाई सम्मान गरिएको थियो ।