काठमाडौं । सत्तरुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ राजदूत होउ यान्छीले आज भेटवार्ता गरेकी छिन् । प्रधानमत्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको केही दिनपछि अर्का अध्यक्ष दाहालसँग भएको राजदूत यान्छीको भेटलाई नेकपाको आन्तरिक विवादसँग जोडेर हेरिएको छ ।
प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको विषयमा कुरा गरेको बताइएको छ । राजदूत यान्छीले सबै नेतासँगको भेटमा आफ्नो मुलुकका नेताको सन्देशसमेत सुनाउने गरेको चर्चा छ ।
दाहाललाई भेट्न राजदूत यान्छी आज विहान खुमलटार पुगेकी थिइन् । भेटमा दुई देश चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचका सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला दाहाल र राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपा अध्यक्ष दाहाल आफ्नै पार्टीको सरकार ढाल्न प्रयासरत छन् । उनले पूर्वएमालेका वरिष्ठ नेताहरुलाई साथ लिएर केपी ओली नेतृत्वको सरकार ढाल्न पटकपटक खोजेपछि असफल हुँदै आएका छन । जनताले पाँच वर्ष स्थायी सरकार सञ्चालनका लागि नेकपालाई मत दिएर पठाएका छन् । तर देशीविदेशी शक्तिले नेपालको राजनीतिलाई अस्थिर बनाउन प्रयास गरिरहेका छन् । ०६२/०६३ पछिका उपलव्धी मास्न खोजिरहेका छन् । त्यस्तो षडयन्त्रको सहयात्री नेकपा नेताहरु बनेको देख्दा कार्यकर्ताहरु निरास हुँदै गएका छन् ।