काठमाडौं । सरकारले बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश पारित गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश पारित गरेर राष्ट्रपति समक्ष पठाएको बताइएको छ ।
कानुन मन्त्रालयले तयार गरेर अध्यादेश मन्त्रिपरिषदमा पेस गरेको थियो ।
बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्ने व्यवस्था अध्यादेशमा गरिएको बताइएको छ ।
उक्त अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको र आजै जारी हुन सक्ने बताइएको छ।