काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिको विवादले पार्टी फुट्ने हो कि भन्ने चासो र चिन्ता नेतादेखि कार्यकर्तासम्ममा छ । तर उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने दावी गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको बताए ।
प्रचण्डले आफ्नो गुटमा राखेर हिसावकिताव गरिरहेका बेला उपाध्यक्ष तथा सचिवालय सदस्य गौतमले आफू कुनै गुटमा नरहेको पनि बताएका छन् । उनले भने “म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु, मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”
पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन सयममा समाधान नगरिदा अहिले समस्या आएको वताउँदै
उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका छन् ।
उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताउँदै उपाध्यक्ष गौतमले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्ने बताएका छन् ।