काठमाडौं । नेकपाको सचिवालय बैठक वालुवाटारमा शुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको बताइएको छ ।
सचिवालय वैठकपछि मन्त्रिपरिषद् बैठक २ बजे बस्ने भएको छ । मन्त्रिपरिषद् बैठक केही गम्भीर निर्णय गर्ने सम्भावना रहेको स्रोतको दावी छ ।