काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बोमबहादुर खड्काको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनुहुँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पार्टीको नाममा मंगलबार शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा खड्काले महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको चर्चा गर्नुभएको छ ।
शोक वक्तव्यमा प्रधानमन्त्रीले भन्नुभएको छ, “गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छ्रैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन् ।
उहाँ आफ्नो योगदानमार्फत् चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।” स्वर्गीय खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।