काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले भोलि दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाएको बताइएको छ ।
केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएपछि पौडलले भोलिका लागि वैठक बोलाएका हुन ।