काठमाडौं । बर्तमान सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध बाराम्वार गुटबन्दी गर्दै राजीनामा माग्ने काम भारतीयहरुको उस्काहटमा भएको पाइएको छ । प्रचण्ड समुहको आग्रहअनुसार नै गएको कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका हुन ।
उनले प्रधानमन्त्री ओलीसँग भेट्नुको मुख्य कारण सुरक्षा मामिला बताइएको भएपनि त्यो मात्र कारण भने थिएन । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले जसरी भएपनि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन बाध्य पार्न पर्दा पछाडिको खेलेको गेमको रुपमा उनको भ्रमण मानिएको छ । साथै प्रधानमन्त्री ओलीलाई दवाव दिएर गलाउने अनि नेपालमा अस्थिरता निम्ताउन खोज्नु नै उनीहरुको प्रमुख रणनीति मानिएको छ ।
पाँच बर्षको लागि जनताको बहुमत भोटबाट चुनिएको स्थायी सरकारलाई कमजोर बनाउने र नेपाललाई थप राजनीतिक अस्थिरतामा लैजान बल पुरयाउने उदेश्यबाट अहिले भारतीय कर्मचारी बर्गबाट भएको भ्रमण हो । यहि मिसन सफल पार्न गोयलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नेकपा भित्रको आन्तरिक कलह मिलाउन संकेत गरेको हुन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । तर प्रधानमन्त्री ओलीले यो कुरालाई ठाडै अस्वीकार गरिदिएको उनीहरुको भनाइ छ ।
गोयल पछि लगत्तै नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमण पनि यही उदेश्यसँग जोडिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । दुई देशका सेनाध्यक्षले मानार्थ महारथी लिने परम्परा अनुसार उनी आएको भनिए पनि उनी अहिले नै आउनुमा राजनीतिक कारण पनि रहेको विश्लेषकहरु बताउँछन् ।
दुई मुलुकबीच सीमा बिवादका कारण आपसी समन्धमा चिसोपन बढेको र सत्तारुढ दल नेकपामा आन्तरिक राजनीतिक समस्या उत्कर्षमा पुगेको बेला भएको दुवै भ्रमणलाई संयोग मात्रै मान्न सकिन्न ।
उनीहरुको भ्रमण यस्तो समयमा भएको छकी सत्तारुढ दल नेकपा भित्रको आन्तरिक किचलो बढेर बिभाजनको संघार सन्निकट पगेको समयमा हुनुमा थुप्रै रहस्यहरु लुकुकेकोमा दुईमत छैन । जतिसुकै रुपमा उनीहरुको भ्रमणलाई जे सुकै रङ दिएपनि बास्तबिकता भिन्न रहेको अडकलबाजीहरु बुद्धिजीवीहरु माझ भइरहेका छन ।
झण्डै दुई तिहाई बहुमत प्राप्त स्थिर सरकारलाई कमजोर बनाएर नेपालमा अस्थिरता ल्याउन सकियो भने त्यसको लाभ सजिलै लिन सकिने भएकाले भारतीयहरुको नेपाल भ्रमण बाक्लिदै गएको हो । अबका केही दिनमै भारतीय विदेश सचिवलगायत उच्च भ्रमण समेत हुन तयारी भइरहेको बुझिएको छ । यता नेकपाका शीर्ष नेताहरुबाटै प्रधानमन्त्री ओलीमाथि चर्को दवाव दिनु र उता भारतबाट भ्रमण बाल्किनुले नेपालको भविष्य अस्थिरतातर्फ धकेल्ने प्रपञ्च भइरहेको बुझ्न जोसुकैलाई पनि गाह्रो छैन ।
नेपालमा कोरोना महामारी उत्कर्षमा पुगेको समयमा त्यसको प्रभाव र ख्याल नगरी भ्रमण हुनुको कारण भित्र थुप्रै रहस्यहरु लुकेको बताइन्छ । जनयुद्धको नाम दिएको माओवादी आन्दोलन भारतको डिजाइन नै भएको र माओवादी नेताहरुलाई भारतले नै संरक्षण गरेको रहस्य बिभिन्न खालखण्डका गतिबिधिहरुबाट पुष्टि भइसकेका छ । नेपालमा भारतले आफूले चाहे अनुसार काम गर्ने र आफ्नो इशारामा चल्न सक्ने पात्र भनेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन । दुई कम्युनिष्ट पार्टी एक भएपछि उनको भुमिका केही कमजोर भएको महसुुस भारतले गरिरहेको छ । जसले गर्दा बर्तमान सरकार र खासगरी प्रधानमन्त्री ओलीलाई कमजोर नबनाएसम्म आफ्नो उदेश्य पूरा नहुने देखेर नै अहिले उसले बिभिन्न किसिमका गोटीहरु चालिरेको छ । जसको गोटी बाराम्वार प्रचण्ड र माधव नेपालहरु बनिरहेका छन् ।
उनीहरुले जतिसुकै बिधि र पद्धतिको कुरा उठाए पनि बास्तबिकता प्रधानमन्त्री ओलीलाई कमजोर पारेर शक्ति र सत्ता हात पार्नु नै हो । बहुमत प्राप्त स्थायी सरकारलाई कमजोर नपारीकन त्यसो गर्न नसकिने भएकोले भारत हात धोएर बर्तमान सरकार गिराउने र प्रचण्ड वा आफु अनुकुलको नेताको नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।