काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनु भएको छ ।
आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले बाइडेन र कमलालाई बधाई दिनु भएको हो । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।
राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र उपराष्ट्रपति ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नु भएकोछ ।
राष्ट्रपति भण्डारीले भन्नु भएको छ “संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।”
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका बाइडेनले पराजीत गर्दै अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् ।