काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुको दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का सदस्यहरुको दसै भत्ता कोरोना कोषमा जम्मा गर्ने जानकारी गराउँदै प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।
त्यस्तै प्रवक्ता गुरुङले सरकारले कोरोनाको उपचारमा हात झिकेको भन्ने भनाई गलत रहेको बताएका छन् । सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारेका छन् ।
त्यस्तै प्रवक्ता गुरुङले काठामाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी दिएका छन्।