काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद् वैठकले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बताइएको छ ।
गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिइएको बताइएको छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए ।