काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज लामै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टासम्म भएको वार्तामा असोज ६ गतेको बैठकले दिएको जिम्मेवारी अनुसार मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदपूर्ति तथा पार्टीको सांगठनिक एकतालगायतका विषयमा छलफल केन्द्रित भएको वालुवाटार स्रोतले जनाएको छ ।
अन्तरपार्टी निर्देशनमा दुबै अध्यक्षले असोज मसान्तभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न हुने प्रतिवद्धता जनाइसको छन् ।
असोज ६ गते बसेको सचिवालय बैठकले दिएको १० दिनको समय घर्किसकेकाले जिम्मेवारी अनुसार सहमतिको आधार बनाउने अध्यक्षद्वयवीच आज छलफल भएको बताइएको छ । एकताका बाँकी काम असोजभित्रै पूरा गर्ने समझदारी भएको नेकपा स्रोतले बताएको छ ।