काठमाडौं । असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले आज सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषदल वैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विश्वका विभिन्न १३ स्थानमा रहेका अवैतनिक वाणिज्य दूतहरुको पदावधि थप तथा पदोन्नति गर्ने निर्णय गरेको छ ।
इरानको तेहरान, मलेसियाको सेलंगार, इण्डोनेशियाको जकार्ता, इजरायलको हाइफा तथा वीरसेभा, अमेरिकाको इलिनोइस, मेरिल्याण्ड, हवाई, ओहियो तथा सियाटलमा रहेका अवैतनिक वाणिज्य दूतको पदावधि ४ वर्षका लागि थप गरिएको हो।
यस्तै, बेल्जियमको फ्ल्याण्डर्समा अवैतनिक वाणिज्य दूतमा नयाँ नियुक्ति गर्ने, ग्रीसको एथेन्स सहर तथा लेबनानको बेरुतमा कार्यरत अवैतनिक वाणिज्य दूतलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताउँदै मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्ने बताए ।
मन्त्री ज्ञवालीले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी रहेको बताए ।
दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएपनि कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेले सवैले यसतर्फ विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु