बनेपा । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ ।
विस्तारित सडक ¥यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिनेछ । ¥याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी÷खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुनभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बीपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ ।
बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न शनिबार वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन गरेको छ । सो अवसरमा अयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौँबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश र संघीय सरकारले आफ्ना आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने कुरामा तीव्रगतिमा आयोजनाको अनुगमन गरिरहेका छौँ ।”
राष्ट्रिय योनजा आयोगका सदस्य डा रामकुमार फुँयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताउनुभयो । बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उहाँको भनाइ छ ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताउनुभयो ।
अहिले सो सडक ग्वार्काे–लाकुरीभञ्ज्याङ–¥याले र ¥याले–कुशादेवी–पनौती–दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार–चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ । यसअन्तर्गत ¥यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ । सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।