काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामनाका साथै बधाई सन्देश पठाउनु भएको छ ।
नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यहाँका उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सोफी विल्मेसप्रति बधाई ज्ञापन गर्दै उनको कार्यकालमा द्विपक्षीय व्यापार–लगानीसहित नेपाल–बेल्जियम सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल र वेल्जियमबीच सन् १९६३ को अगष्ट १९ तारिखमा कूटनीतिक सम्वन्ध शुरु भएको थियो । तर नेपालले वेल्जियममा आफ्नो दूतावास राखेर सन् १९९२ बाट आफ्ना गतिविधि शुरु गरेको बताइएको छ ।
वेल्जियमले नेपालको आर्थिक विकासमा योगदान पुर्याउन काठका सामान, कार्पेट र हस्तकलाका सामान लैजाने गरेको र करोडौं डलरको व्यापारहुँदा आर्थिक कूटनीतिमा मद्दत पुगेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएकोछ । वेल्जियममा ८ हजार भन्दा बढी नेपाली वसोवास गरिरहेका छन् भने राजतन्त्रात्मक प्रजातन्त्र रहेको सो मुलुक संसारका सुखी, शान्त र समृद्ध मध्ये एक मानिन्छ ।