काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक अनिश्चित बनेको छ । सोमवारका लागि बोलाइएको केन्द्रिय समितिको बैठक अगावै सदस्यहरुमा गरिएको कोरोना परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएर अनिश्चित बनेको हो । केन्द्रिय समितिको बैठक मात्र नभएर आगामी ५ दिनसम्म नेपाली काँग्रेसको केन्द्रिय कार्यालय समेत बन्द हुने भएको छ ।
२ सय नेता तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको गत शुक्रवार स्वाव संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । यी मध्ये अझै साठी जनाको रिर्पोट आउन बाँकी छ । रिर्पोट आएकामध्ये ५ जना केन्द्रिय सदस्यमा कोरोना पोजेटीभ र कर्मचारीहरुमा पनि संक्रमण देखिएको भन्दै पाँच दिनका लागि नेपाली काँग्रेसले पार्टी कार्यालयसमेत बन्द गर्ने जानकारी बिज्ञप्तिमा मार्फत गराएको छ ।
आजै पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको पदाधिकारी र पुर्व पदाधिकारीहरुको बैठक पनि यही कारण स्थगित बन्न पुगेको छ । आगामी फागुनमा ७–११ का लागि तय भएको महाधिवेशन बारे छलफल गर्न सो बैठक बोलाइएको हो । नेताहरुमा कोरोना संक्रमण देखिएपछि सो बैठकसहित केन्द्रिय समितिको बैठक पनि एकाएका स्थगित हुनपुगेको छ । जसका कारण नेपाली काँग्रेसले घोषणा गरेको १४ औं महाधिवेशन निर्धारित मितिमा हुने कुरामा आशंका र जटिलता थपिदै गएको जानकारहरु बताउँछन ।
महाधिबेशनको बिषयलाई लिएर काँग्रेसको संस्थापन पक्ष र इतरपक्ष बिच लामो समयदेखि समझदारी हुन सकिरहेको छैन । संस्थापन पक्षले इतर पक्षसँग कुनै परामर्श नगरी एकलौटी ढंगले बिभागहरु गठन गरेपछि पार्टी भित्रको बिवाद उत्कर्षमा पुगेर सतहमा आएको बताइएको छ । महाधिबेशन सम्पन्न भएको छ महिना भित्रमा गरिसक्नुपर्ने बिभागहरुको गठन १४ औं महाधिवेशनको मिति घोषणापश्चात धमाधम गर्ने काम सभापति देउवाबाट भइरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पोडेल समुहले असन्तुष्टि जाहेर गर्दै सच्याउन माग गर्दै आइरहेको छ ।
तर सभापति देउवा उनीहरुको मागको सुनुवाई गर्नुको साटो नसुने झै गरी निरन्तर आफनै तालमा अगाडि बढिरहेका छन । जसका कारण पौडेल समुह र संस्थापन पक्षबीच लामो समयदेखि असमझदारी बढनुका साथै एकआपसमा द्धन्द्ध पनि गरिरहेका छन । बिवाद समाधानका लागि संस्थापनइतर समुहले सभापति देउवासँग बाराम्वार र पटक पटक मौखिक र लिखितरुपमा आग्रह गर्दै आएको भएपनि अहिलेसम्म उनीहरुको मागको सुनुवाई हुन सकिरहेको छैन ।
बिभिन्न बहाना गर्दै सभापति देउवा समुहले पौडेल समुहलाई गलाएर थकाउने रणनीति अख्तियार गर्दै आएको बताइएको छ । असन्तुष्ट समुहले बाराम्वार पार्टी भित्रको बेतिथिलाई लिएर सभापतिको ध्यानाकर्षन नगरेका पनि होइनन । तर महाधिवेशनलाई प्रभावित पार्नकै लागि सभापति देउवाले आफु निकटका नेता तथा कार्यकर्तालाई बिभाग गठन गर्दै व्यवस्थापन गरेर १४ औं महाधिवेशनमार्फत फेरी नेतृत्व हात पार्न तम्सिरहेका छन । यो कुरालाई राम्ररी बुझेर नै इतर पक्ष सभापतिको यस्तो हर्कत र व्यवहारबाट तर्सिएको छ । अहिले पौडेल समुह पार्टी बिधान र पद्धतिको बिषयलाई उठान गरेर देउवालाई गलाउने रणनीतिमा लागेको बताइन्छ ।